प्रतिनिधि सभा विघटनविरुद्ध १३ गते सडकमा उत्रिँदै कांग्रेस
२०७७ पुस ११ गते

|नेपाली कांग्रेसको विरोध र्याली, काठमाडौं। तस्वीरः मकालु खबर|
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले १६५ वटा निर्वाचन क्षेत्रमा सरकार विरोधी प्रदर्शन गर्ने भएको छ ।
सभापति शेरबहादुर देउवाले शनिबार एक विज्ञप्ति जारी गर्दै आउँदो १३ पुषमा कांग्रेसले प्रदर्शन गर्ने जनाएका हुन् । जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावनाविपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस सम्पूर्ण रुपले एकमत साथ उभिएको छ ।’
यस्तै सभापति देउवाले अहिले कांग्रेसको ध्यान प्रदर्शनमा केन्द्रित भएको पनि बताएका छन् ।

२०७७ पुस ११ गते
प्रतिक्रिया
सम्बन्धित








