पुस १८ मा राजसंस्था पुनर्वहालीका लागि शक्ति प्रदर्शन

काठमाडौं । राष्ट्रवादी नागरिक समाजले राजसंस्था पुनर्वहाली लागि शक्ति प्रदर्शन गर्ने भएको छ । पौष १८ गते शनिबार रत्नपार्कमा दिउँसो १२ बजे शक्ति प्रदर्शन गर्ने समाजले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी यसबारे जानकारी दिएको हो ।

उक्त कार्यक्रममा राष्ट्रवादी नागरिक समाजका अध्यक्ष चन्द्र बहादुर रामदाम (चवरा) ले राष्ट्रवादी शक्तिको नेतृत्वमा हिन्दु अधिराज्य सहित राजसंस्था पुनर्स्थापना गर्ने बताए । ‘राजनीतिक परिवर्तन गरेर मात्र हुँदैन, अब २०७२ सालको संविधान फालेर नयाँ संविधान बनाउनुपर्छ’, उनले भने ।

उनले देशमा राजनीतिक दलका नेताहरुले भ्रष्टाचार र अस्थिरता बढाएर संकट ल्याएको आरोप लगाउँदै मृत्युदण्ड दिनुपर्ने बताए । उनले नेताहरुलाई कारबाही गर्नुपर्ने माग राख्दै भने, ‘अब यिनीहरुलाई मृत्युदण्ड दिनुपर्छ ।’

प्रतिक्रिया