मन्त्रीहरु थप्दै ओली, ८ बजे मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

ओलीले शुक्रबार साँझ ८ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल निकटका सात मन्त्रीहरुले सामूहिक राजीनामा दिएका थिए ।

स्रोतका अनुसार नयाँ मन्त्रीहरुको सूचीमा प्रभु साह, मणि थापा, टोपबहादुर रायमाझीलगायत छन् ।

६ बजेका लागि बोलाइएको बैठक सबै मन्त्रीहरुलाई सामेल गराउने ध्येयका साथ ८ बजे पुर्याइएको ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रतिक्रिया