‘प्रतिनिधि सभा विघटन तानाशाहको नाङ्गो रुप’

काठमाडौं । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधि सभा विघटन हुनु तानाशाहको नाङ्गो रुपमा भएको बताएका छन् ।

शुक्रबार बबरमहलस्थित कार्की बैङ्क्वेटमा आयोजित पत्रकार सम्मलेनमा पत्रकारहरुको जिज्ञासाको सामना गर्दै नेता खनालले यस्तो बताएका हुन् । नेता खनालले भनेका छन्, ‘केपी ओलीले तानाशाही कदम चाल्नुभयो । संविधानतः प्रतिनिधि सभा विघटन गर्नै पाइँदैन ।’

यस्तै उनले देशमा निरङ्कुश प्रवृत्ति हावी भएको पनि बताए । ‘मुलुकमा निरङ्कुश प्रवृत्ति हावी भयो ’, उनले सम्मेलनबीच भने । यसैबीच उनले ओलीको प्रवृत्ति गोमन सर्पको जस्तो भएको टिप्पणी पनि गरे । गोमन सर्पले एकचोटीको परिस्थितिगत आएको ठक्करलाई सधैंभरी सम्झिरहने र पछि जसरी हुन्छ डस्ने गर्ने वृत्तान्त सुनाउँदै नेता खनालले भनेका छन्, ‘ओलीको बानी गोमन सर्पको जस्तो रहेछ ।’

यसैबीच नेता खनालले आफूहरुलाई निर्वाचन अयोग र सर्वोच्च अदालतमाथि ठूलो भरासो भएको बताए ।

प्रतिक्रिया