बागमती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्ध ‘अविश्वास प्रस्ताव’ दर्ता

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

नेकपाका ४५ जना सांसदले हस्ताक्षरसहित शुक्रबार (आज) अविश्वासको प्रस्ताव दर्ता गराएको एक सांसदले जानकारी दिएका छन् । साथै उनीहरुले प्रदेश इन्चार्ज अष्टलक्ष्मी शााक्यलाई मुख्यमन्त्री बनाउन माग गरेका छन् ।

यसअघि अविश्वास प्रस्ताव दर्ता भएसँगै आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमरकट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरूणप्रसाद नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले राजीनामा दिएका छन् ।

प्रतिक्रिया