प्रतिनिधि सभा विघटनको मुद्दामा यी पाँच न्यायाधीशलाई तोकियो पेसी

काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्च अदालतमा परेका १३ रिटको सुनुवाइका लागि संवैधानिक इजलासमा पेशी तोकेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नो नेतृत्वमा पाँच सदस्यीय न्यायाधीशहरूको पूर्ण इजलास तोकेका हुन् ।

पूर्ण इजलासमा राणासहित न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् ।

गत ५ पुषमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि अदालतमा १३ रिट परेको थिए ।

प्रतिक्रिया