एक्सनमा प्रचण्ड-नेपाल समूह, जाँदैछन् सर्वोच्चदेखि निर्वाचन आयोगसम्म !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहका केन्द्रिय निर्वाचन आयोग र सबै सांसद सर्वोच्च अदालत जाँदैछन् ।

उनीहरु अहिले केहिबेरमा सर्वोच्च अदालत जाादैछन् भने दिउँसो निर्वाचन आयोग लागे लागेका हुन् । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजै संसद विघटनविरुद्ध परेका निवेदनको सुनुवाइ हुँदैछ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेको विरोधमा नेकपाको प्रचण्ड(माधव समूहले माइतीघर मण्डलमा प्रदर्शन गरेका छन् । उनीहरूको प्रदर्शन शान्तिपूर्ण छ ।

उक्त समूहका अध्यक्षद्वय प्रचण्ड र नेपालसहित नेताहरू झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत पनि कालो ब्यानरसहित प्रदर्शनमा उत्रिएका छन् । प्रतिनिधिसभा भंग गर्नु असंवैधानिक भएको ब्यानरमा लेखिएको छ ।

दिउँसो पत्रकार सम्मेलन
उक्त समूहले दिउँसो पत्रकार सम्मेलन गर्दैछ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार दिउँसो २ बजे बबरमहरस्थित कार्की ब्याङ्केटमा अध्यक्षको तर्फबाट पत्रकार सम्मेलन हुन लागेको हो ।

बिहीबार सम्पन्न यो समूहको केन्द्रीय समिति बैठकले पत्रकार सम्मेलन गर्ने निर्णय गरेको थियो । बिहीबार स्थान तय नगरेको नेकपाले शुक्रबार बिहान कार्की ब्याङ्केटमा पत्रकार सम्मेलन गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया