बालुवाटारमा ‘बादल बोली’–‘नेकपाबाट एउटा गुट अलग भयो’

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेकपाबाट एक गुट अलग भएको बताएका छन् ।

केपी शर्मा ओलीको निम्तोमा बालुवाटारको केन्द्रीय समितिको बैठकमा सहभागी भएका बादलले यस्तो बताएका हुन् ।

बैठकलाई सम्बोधन गरेका बादलले माधव–प्रचण्ड नेतृत्वको नेकपालाई ‘एउटा गुट’को संज्ञा दिएका हुन् ।सम्बोधनका क्रममा बादलले भनेका छन्, ‘जनता दुःखी भएका छन् ।’

बादल पूर्व माओवादी नेता हुन् । उनले आफ्नो नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छाडेर ओलीलाई साथ दिँदै आएका छन् ।

प्रतिक्रिया