संसदीय दलका नेता बने ‘प्रचण्ड’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको बुधबारको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको छ ।

बुधबार बानेश्वरमा बसेको बैठकले आफ्नो नेतामा सर्वसम्मत रूपमा प्रचण्डलाई चुनेको हो । ‘हामीले चुनेका छौँ’, एक सदस्यले मकालु खबरसँग भनेका छन्, ‘सर्वसम्मतबाटै उहाँ चुनिनुभएको हो ।’

यसअघि दलको नेतामा केपी शर्मा ओली थिए । मंगलबार बसेको केन्द्रीय कमिटी बैठकले ओलीलाई कारबाही गरेपछि दलका नेतामा प्रचण्ड सर्वसम्मतीले चुनिएका हुन् ।

प्रचण्डलाई संसदीय दलको नेता बनाउन अध्यक्ष माधवकुमार नेपालले प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया