प्रतिनिधि सभा विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रतिनिधि सभा विघटनविरूद्ध परेका सबै मुद्दालाई संवैधानिक इजलासमा पठाएका छन् ।

विघटनविरूद्ध परेका १२ वटै रिटमाथि सुनुवाइ गर्दै जबराले संवैधानिक इजलासमा पठाउने निर्णय गरेका हुन् ।

निवेदकमध्येका एक अधिवक्ता लोकेन्द्र वलीका अनुसार प्रधानन्यायाधीश जबराले इजलासमा यी मुद्दाहरूमा संवैधानिक विषय जोडिएकाले संवैधानिक इजलासमा पठाउनुपर्ने छ ।

संवैधानिक इजलासमा आगामी शुक्रबार मुद्दाको सुनुवाइ हुनेछ । गत ५ पुषमा नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भङ्ग गरेपछि सभा पुनर्गठनको माग गर्दै १२ वटा रिट परेको थियो ।

प्रतिक्रिया