राष्ट्रपतिलाई भेट्न चिनियाँ राजदूत पुगिन् शितलनिवास
२०७७ पुस ७ गते

काठमाडौं । नेपालस्थित चिनियाँ राजदूत होउ यान्छी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शितलनिवास पुगेकी छन् ।
राजदूत यान्छी साँझ करिब ६ बजे राष्ट्रपति निवास पुगेको शितलनिवास स्रोतले बताएको छ ।
राजनीतिक घटनाक्रम र सत्तारुढ नेकपामा विभाजन देखिएका बेला राजदूत भेटवार्ताका लागि पुगेकी हुन् ।
राजदूतको भेटलाई महत्वपूर्णरुपमा हेरिएको छ ।
चिनियाँ दूतावासले एक साताअघि देखि नै राष्ट्रपतिसँग भेटका लागि मन्त्रालयमार्फत् समय मागेको र कोभिड–१९ विरुद्ध चिनियाँ भ्याक्सिन नेपाललाई उपलब्ध गराउने विषयमा राजदूतले कुरा गर्न खोजेको स्रोतले जनाएको छ ।
२०७७ पुस ७ गते
प्रतिक्रिया
सम्बन्धित









