जोन्टा क्लब काठमाडौंद्वारा धनुषाका ५० बालिकाहरूलाई साइकल वितरण

काठमाडौं । महिला अधिकार र सशक्तीकरणका लागि काम गरिरहेका गैरसरकारी संस्था, जोन्टा क्लब काठमाडौंले धनुषामा बालिकाहरुलाई सशक्त पार्ने पहलमा हेमिस्फियर फ्याशन र टीच फर नेपाल (टीएफएन) को सहयोगमा ५० वटा साइकल वितरण गरेको छ ।

धनुषाका ४ वटा विभिन्न विद्यालयका ५० जना बालिकालाई टीएफएनका फेलोहरुले आर्थिक पृष्ठभूमिका आधारमा उत्कृष्ट गर्न सक्षम र मेहनती विद्यार्थीहरूलाई चयन गरेका थिए ।

स्कूल पुग्न दैनिक ३—४ किलोमिटर पैदल यात्रा गर्नुपर्ने र स्कुल आउन—जानका लागि साधन नभएका तथा किन्न सक्ने क्षमता पनि नभएका बालबालिकाहरुलाई छनौट गरिएको हो ।

कक्षा ५ देखि कक्षा ८ सम्मका बालिकाहरुलाई जनता मा.वि., कजरा, रमौल परिसरमा साइकल वितरण गरिएको थियो । साइकल प्राप्त गर्नेमा मिथिला बेसिक स्कूल—कचुरी, जनता मा.वि स्कूल— कजरा रमौल, श्री मा.वि.स्कूल—लालिया र जा. रा. मा. वि. पूरनदाहाका विद्यार्थीहरु छन् ।

प्रतिक्रिया