क्लब हिमालय नगरकोटमा क्रिशमस स्पेशल अफर

काठमाडौं । नगरकोटको उत्कृष्ट होटल क्लब हिमालय नगरकोटले क्रिशमसए बोभ द क्लाउडस स्पेशल अफर ल्याएको छ । विशेष गरी नेपाली र नेपालमा बसीरहेका विदेशी पाहुनाहरुलाई लक्षित गर्दै नेपाली रु. १० हजार मै एक जोडीले क्लब हिमालय नगरकोटमा मनोरम बसाई गर्न सक्नेछन् ।

यस अफर अन्तरगत ९ गते एक जोडी पाहुनाहरुको लागि ४ कोर्सका क्रिशमस स्पेशलडिनर, १० गतेको लागि ब्रेकफास्ट, हट चक्लेटर कुकिज समावेश गरिएको छ । सान्टाद्वारा स्पेशल गिप्mटको रुपमा थप एक रात फ्रिमा कोठा उपलब्ध हुनेछ जसमा खाना समावेश गरिएको छैन । यस योजनामा शर्तहरु भने लागू हुनेछ ।

उच्च स्वास्थ्य सुरक्षाका साथ पुनः सञ्चालनमा आएको यस होटलले पाहुनाहरुको स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राख्दै विश्व स्वास्थ्य संगठन र नेपाल पर्यटन बोर्डको स्वास्थ्य सम्बन्धी निर्देशिकालाई उच्च पालना गर्दै सिमित पाहुनालाई मात्र सेवादिँदै आएको छ ।

नगरकोटको उत्कृष्ट स्थानमा अवस्थित क्लब हिमालयन गरकोटबाट विश्व कै उत्कृष्ट मौषमी वातावरणमा मनोरम हिमाली श्रृङखलाको अवलोकनको आनन्द लिन सकिन्छ । यस होटल २०१९ मा ट्रिप एडभाइजरको १० उत्कृष्ट होटलमा पर्न सफल विश्व कैं उत्कृष्ट मध्येको ४२ वर्षको ईतिहास भएको क्लब हिमालय एस होटेल्सको एउटा अंगको रुपमा पर्दछ ।

प्रतिक्रिया