ओलीलाई हटाएर नेपाललाई अध्यक्ष बनाउने दाहाल–नेपाल समूहको निर्णय
२०७७ पुस ७ गते

काठमाडौँ । सत्तारूढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षकाे स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर उनकाे ठाउँमा माधव नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेकाे छ ।
आज (मंगलबार) दिउँसाे करिब १ बजे बबरमहलस्थित कार्की बैङ्क्वेटमा बसेकाे नेपाल-दाहाल पक्षीय बैठकले साे निर्णय गरेकाे हाे । दाहाल र नेपालले पालैपालो अध्यक्षता गर्ने प्रस्ताव गरिएको बैठकमा सहभागी एक नेताले बताए ।
बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीले लाेकतन्त्रमाथि प्रहार गरेकाे आरोप लगाए ।
स्थायी कमिटी बैठक लगत्तै साेही ठाउँमा नेपाल-दाहाल पक्षकाे केन्द्रीय कमिटी बैठक बस्दैछ ।
२०७७ पुस ७ गते
प्रतिक्रिया
सम्बन्धित








