ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने नेपाल–दाहाल पक्षीय बैठककाे निष्कर्ष
२०७७ पुस ७ गते

काठमाडाैं । सत्तारूढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षकाे स्थायी कमिटी बैठक सकिएकाे छ । आज (मंगलबार) दिउँसाे करिब १ बजे बबरमहलस्थित कार्की बैङ्क्वेटमा सुरू भएकाे बैठक भर्खरै सकिएकाे हाे ।
नेपाल–दाहाल पक्षीय बैठकले ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने निष्कर्ष निकालेकाे एक नेताले जानकारी दिए । नेपाल–दाहाल पक्षकाे केन्द्रीय कमिटी बैठक पनि आजै बस्दैछ ।
यसअघि गत ५ गते बसेको बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो ।
२०७७ पुस ७ गते
प्रतिक्रिया
सम्बन्धित









