दाहाल–नेपाल पक्षको बैठकमा उपाध्यक्ष गौतम सहभागी नहुने
२०७७ पुस ७ गते

|नेताद्वय प्रचण्ड र माधव नेपाल। फाइल फोटो|
काठमाडौं । नेकपा उपाध्यक्ष बामदेव गौतम दाहाल–नेपाल समूहको बैठकमा सहभागी नहुने भएका छन् ।
मंगलबार बिहान नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठसँगको भेटमा गौतमले योबारे स्पष्ट पारेका छन् ।
आज दिउँसोको दाहाल–नेपाल पक्षीय केन्द्रीय कमिटीमा सहभागी हुन आग्रह गर्दै आफ्नै निवास भैंसेपाटी आएका तीन नेतासँग गौतमले आफू कुनै पनि समूहको बैठकमा उपस्थित नहुने बताएका हुन् ।
उनले यसअघि पनि आफू कुनै पनि समूहको भेलामा नजाने बताइसकेका थिए ।
२०७७ पुस ७ गते
प्रतिक्रिया
सम्बन्धित









