दाहाल–नेपाल समूहले केन्द्रीयभन्दा अगाडि स्थायी कमिटीको बैठक राख्ने

काठमाडौं । नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकभन्दा अगाडि स्थायी कमिटी बैठक बस्ने भएको छ ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले दिएको जानकारीअनुसार दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय कमिटी बैठकअगाडि स्थायी कमिटी बैठक बस्ने भएको हो ।

बैठक बबरमहलस्थित कार्की बैङ्क्वेटमा बस्न लागेको हो । यसअघि गत ५ गते बसेको बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया