वामदेव गौतम फकाउन नेताहरु भैंसेपाटीमा
२०७७ पुस ७ गते

|बामदेव गौतम। फाइल फोटो|
काठमाडौं । नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ नेकपा उपाध्यक्ष वामदेव गौतम निवास भैंसेपाटी पुगेका छन् ।
गौतमलाई मनाएर दिउँसो १ बजेको बैठकमा उपस्थित गराउने प्रयासस्वरुप उनीहरु त्यहाँ पुगेको एक नेताले जानकारी दिए ।
गौतमले यसअघि नै आफू कुनै पनि समूहको बैठक तथा भेलामा नजाने बताइसकेका छन् ।
दिउँसो १ बजे नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दैछ ।
२०७७ पुस ७ गते
प्रतिक्रिया
सम्बन्धित









