संसद् विघटनको अनधिकृत अश्त्र प्रयोगले निरङ्कुश राज्य व्यवस्थालाई पृष्ठपोषण गर्छ : सर्वोच्च बार
२०७७ पुस ६ गते

काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले संसद् विघटनको अनधिकृत अश्त्र प्रयोगले निरंकुश राज्य व्यवस्थालाई पृष्ठपोषण गर्ने बताएको छ ।
बारले आज विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त प्रधानमन्त्रीले गरेको संसद् विघटनको अश्त्र प्रयोगले देशमा संवैधानिक एवं राजनैतिक अस्थिरता सिर्जना गरी निरङ्कुश राज्य व्यवस्थालाई पृष्ठ पोषण गर्ने ठहर गरेको हो ।
बारले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटनको अनधिकृत अश्त्र प्रयोग गर्ने कार्यले देशमा संवैधानिक एवं राजनैतिक अस्थिरता सिर्जना गर्नुका साथै यस्ता असंवैधानिक क्रियाकलापले निरंकुश राज्यव्यवस्थाका हिमायतीलाई मात्र पृष्ठपोषण गर्दछ’
विज्ञप्ति :

२०७७ पुस ६ गते
प्रतिक्रिया
सम्बन्धित









