कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सर्वदलीय बैठक जारी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक सुरु भएको छ ।

बैठकका लागि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहका नेताहरु, जनता समाजवादी पार्टी (जसपा) का नेता सानेपा पुगेका छन् । अहिलेसम्म कांग्रेस, नेकपा र जसपाका नेताहरुबीच छलफल हुँदै छ ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेपछि तीव्र विरोध भइरहेको छ । प्रधानमन्त्री ओलीको कदमलाई कसरी सामना गर्ने भन्ने विषयमा बैठकमा छलफल हुने भनिएको छ ।

प्रतिक्रिया