बादलको सङ्कल्प–‘अन्त्यसम्म पार्टी एकताको पक्षमा उभिन्छु’

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफू विचार मिल्नेसँग मिलेर अगाढि बढ्ने बताएका छन् ।

सोमबार बिहान आफ्नो पूर्वसमूहको भेलामा जुटेका बादलले आफ्नो निकटका नेताहरुसँग यस्तो बताएका हुन् । नेकपा सचिवालय सदस्यसमेत रहेका बादलले आफू अन्त्यसम्म पार्टी एकताको पक्षमा उभिने र त्यस्तो नहुने स्थिति आयो भने बुझेर मात्रै निर्णय लिने बताएको उनका सल्लाहकार सूर्य थापाले बताए ।

बादलमाथि उनीनिकटका नेताहरुले राजीनामा दिनसमेत सुझाव दिएका छन् । देव गुरुङ, पम्फा भुसाललगायतका प्रभावशाली नेताहरुले बादललाई मन्त्री पदबाट राजीनामा दिन सुझावसमेत दिएका छन् ।

बिहान मन्त्री निवास पुल्चोकमा छलफल गरेपछि गुरुङले आफूहले ओलीसँग मिलेर अगाडि बढ्न नसक्ने बताउँदै बादललाई राजीनामा दिन सुझाव दिएको बताए । ‘ओलीको कमद असंवैधानिक छ । मिलेर अगाडि बढ्न सकिँदैन भनेर भन्यौँ ।’ बादलले भनेका छन् ।

प्रतिक्रिया