बालुवाटारमा ओलीको ब्रिफिङ्ग–‘पार्टीभित्र शक्ति आर्जन मात्रै गर्न खोजेपछि संसद विघटन गर्नुपर्‍यो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रै प्रतिपक्ष जन्मिएपछि प्रतिनिधि सभा विघटन गर्नुपरेको ब्रिफिङ्ग गरेका छन् ।

सोमबार आफू निकटका सांसदहरुसँगको भेलाका क्रममा ब्रिफिङ्ग गर्दै ओलीले यस्तो बताएका हुन् ।

यसैगरी ओलीले पार्टीभित्र शक्ति आर्जन मात्रै गर्न खोजेको, सधैं असहयोग गरेकोलगायतका समस्याका कारण पनि प्रतिनिधि सभा भङ्ग गर्नुपरेको बताएका थिए ।

आफ्नो कदमको बचाऊ गर्दै प्रस्तुत भएका ओलीले सबै नियुक्तमा भागबण्डा खोजेकोसमेत बताएका थिए ।

ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले भेलामा विशेष सम्बोधन गरेका थिए ।

प्रतिक्रिया