‘कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचनालाई भत्काउन सक्दैन’

काठमाडौं । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन नसक्ने बताएका छन् ।

प्रधानमन्त्री एवम् पहिलो वरीयताको अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि आक्रामक रुपमा प्रस्तुत भइरहेका कार्यकारी अध्यक्ष दाहालले पार्टी एकतालाई एक व्यक्तिको पार्टी विरोधी गतिविधिले कुनै प्रभाव नपार्ने बताउका छन् ।

यसैगरी अध्यक्ष दाहालले नेपाली जनताले ठूलो त्याग र बलिदानपूर्ण संघर्षको परिणामस्वरुप प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रसहितको राजनीति परिवर्तणको रक्षा गर्नु आजको कार्यभार भएको पनि बताएका छन् । सोमबार विज्ञप्ति जारी गर्दै अध्यक्ष दाहालले थप भनेका छन्,  ‘राष्ट्रको समृद्धि र नेपाली कम्युनिष्ट आन्दोलनको भविष्यका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृति र तत्वहरुका विरुद्ध एकतावद्ध भएर उभिनुपर्छ ।’

यस्तै अध्यक्ष दाहालले विज्ञप्तिमार्फत् नै ओलीलाई पार्टीले अनुशासनको कारबाही गर्ने आधिकारिक जानकारीसमेत दिएका छन् ।

प्रचण्डद्वारा जारी विज्ञप्तिः–

प्रतिक्रिया