बालुवाटार गएनन् बादल, जुटे आफ्नै पूर्वसमूहको भेलामा
२०७७ पुस ६ गते

फाइल तस्बिर
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ आफ्नै पूर्वसमूहको भेलामा जुटेका छन् । बादलसँग तत्कालीन माओवादीबाट छुट्टिएर मोहन वैद्य किरणसँग जाँदाको एउटा छुट्टै समूह छ ।
पछि उक्त समूह माओवादी केन्द्रसँग मिलेको थियो । बादल प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको आफू निकटका भेलामा गएका छैनन् ।
प्रधानमन्त्रीको भेला अहिले बालुवाटारमा जारी छ । राष्ट्रिय सभा सदस्य रहेका बादल अहिले बालुवाटार नगइ आफ्नै पूर्वसमूहको भेलामा व्यस्त रहेको स्रोतले बताएको छ ।
उक्त समूहमा बादलसहित पम्फा भुसाल, देव गुरूङलगायतका प्रभावशाली नेताहरु छन् ।
भट्ट भने बालुवाटार पुगे
यता पूर्वमाओवादीका नेता लेखराज भट्ट भने पूर्ण रुपमा ओलीको कित्तामा उभिएका छन् । अहिले भट्ट ओलीले बालुवाटारमा बोलाएको बैठकमा सहभागी छन् ।
२०७७ पुस ६ गते
प्रतिक्रिया
सम्बन्धित








