कस्तो रहला आजको मौसम ? यस्तो छ पूर्वानुमान

काठमाडौं । अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाकि भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभावले बदली भएको हो ।

  • यस्तो छ तीन दिनको पूर्वानुमान

पौष ६ गते (सोमबार)
दिउँसो : सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश तथा बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष ७ गते (मंगलबार)
दिउँसो : प्रदेश नं १, लुम्बिनी प्रदेश तथा सुदुरपश्चिम प्रदेशका भू-भागहरूमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : प्रदेश नं १ प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष ८ गते (बुधबार)
दिउँसो : देशभर आँशिक देखि सामान्य बदली रहनेछ ।

राती : देशभर आँशिक देखि सामान्य बदली रही उच्च हिमली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
देशभर तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउन हुन सबैमा अनुरोध छ । साथै तराईका अधिकांश भु-भागहरुमा तथा पहाडका केही भू-भागहरुमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।

प्रतिक्रिया