पूर्वसभामुख महरा स्थायी कमिटी सदस्य बन्ने

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा स्थायी कमिटी सदस्य बन्ने भएका छन् ।

आइतबार अपराह्न बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार आजको बैठकले उक्त निर्णय गरेको हो ।

यस्तै बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ । आगामी ७ गते केन्द्रीय कमिटीको बैठक बस्ने पनि प्रवक्ता श्रेष्ठले बताएका छन् भने भोलि दिउँसो बालुवाटारमा पुनः स्थायी कमिटीको बैठक बस्दैछ ।

महरामाथि संसद सचिवालयकै एक कर्मचारीले यौन दुराचारको आरोप लगाएपछि सभामुख पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया