नेकपा स्थायी कमिटी बैठकको निर्णय– ‘केपी ओलीलाई अनुशासनको कारबाही’

काठमाडौं । नेकपा स्थायी कमिटी बैठकले प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ ।

आइतबार अपराह्न प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।

ओलीले आइतबार नै संसद विघटन गरिसकेका छन् भने आम चुनाव आगामी १७ र २७ बैशाखमा गर्ने मिती तय भएको छ ।

यस्तै १० गते बोलाइएको पार्टीको केन्द्रीय कमिटी बैठक ७ गते बस्ने भएको छ । अबेरगरी शुरु भएको बैठकमा ओली पक्षीय नेताहरु अनुपस्थित थिए ।

प्रतिक्रिया