कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
२०७७ पुस ५ गते

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि कांग्रेसले बैठक बोलाएको हो ।
बैठक आउँदो ७ पुषका लागि बोलाइएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थिति रहने छ ।
सरकारले संसद विघटन गरेपछि आगामी बैशाख १७ र २७ गते आम चुनावको मिती तय गरिएको छ ।
२०७७ पुस ५ गते
प्रतिक्रिया
सम्बन्धित









