सात मन्त्रीले दिए सामूहिक राजीनामा
२०७७ पुस ५ गते

|राजीनामा दिने सात मन्त्रीहरु। तस्वीरः|
काठमाडौं । सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।
नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सात मन्त्रीहरुले सामूहिक राजीनामा दिएका हुन् ।
सिंहदरबारमा रहेको विकास समितिको हलमा पत्रकार सम्मेलन गरेर उनीहरुले राजीनामा दिएका हुन् ।
राजीनामा दिने मन्त्रीहरुमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, घनश्याम भूसाल, योगेशकुमार भट्टराई, शक्तिबहादुर बस्नेत, रामेश्वर राय यादव र विना मगर छन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।
यद्यपि पचण्डनिकटका मन्त्रीद्वय रामबहादु थापा ‘बादल’ र लेखराज भट्टले भने राजीनामा दिएका छैनन् । उनीहरु पछिल्लो समय प्रधानमन्त्री ओलीको कित्तामा उभिँदै आएका छन् ।
२०७७ पुस ५ गते
प्रतिक्रिया
सम्बन्धित








