कांग्रेसले डाक्यो आकस्मिक पदाधिकारी बैठक
२०७७ पुस ५ गते

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आकस्मिक पदाधिकारीको बैठक डाकेको छ ।
संसद विघटनबारे मन्त्रिपरिषद् बैठकले गरेको सिफारिस शीतल निवास पुगेपछि कांग्रेसले आकस्मिक पदाधिकारी बैठक बोलाएको हो ।
बैठक दिउँसो १ बजेका लागि सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा डाकिएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
२०७७ पुस ५ गते
प्रतिक्रिया
सम्बन्धित









