‘नेकपा विवादले लोकतन्त्रलाई असर गर्यो’
२०७७ पुस ५ गते

|नेका नेता डा. शेखर कोइराला। फाइल फोटो|
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस चुनाव लड्न नडराउने बताएका छन् ।
विराटनगरको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले भनेका छन्, ‘कांग्रेस चुनावसँग डराउँदैन । तर, यो कदम असंवैधानिक छ ।’
संसद विघटनको सिफारिस राष्ट्रपति कार्यालय पु्र्याइनु अलोकतान्त्रिक भएको टिप्पणी गरेका नेता कोइरालाले नेकपाको आन्तरिक विवादले लोकतन्त्रलाई असर गरेको पनि बताएका छन् ।
आजको दिन लोकतन्त्रको लागि कालो दिन भएको प्रतिक्रिया दिँदै नेता कोइरालाले पार्टीको केन्द्रीय समिति बैठक बसेर बाँकी निर्णय गर्ने बताएका छन् ।
२०७७ पुस ५ गते
प्रतिक्रिया
सम्बन्धित








