संसद विघटनको सिफारिसहित ओली शीतल निवासमा
२०७७ पुस ५ गते

|प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिरः मकालु खबर|
काठमाडौं । संसद विघटनको सिफारिस लिएर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शीतल निवास पुगेका छन् ।
आइतबार बिहान आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएर संसद विघटनको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाउने निर्णय गराएका ओली शीतल निवास पुगेका हुन् ।
राष्ट्रपतिको सिफारिसअनुसार संसद विघटन भएमा प्रतिनिधि सभा भङ्ग हुनेछ ।
यता नेकपाको ओली इतर पक्षले भने सर्वाेच्च अदालतमा मुद्दा दायर गर्ने तयारीसमेत गरिरहेको बुझिएको छ ।
२०७७ पुस ५ गते
प्रतिक्रिया
सम्बन्धित








