बार्सिलोना रोकियो, मेसीले गरे पेलेको कीर्तिमानमा बराबरी

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना बराबरीमा रोकिएको छ । शनिबार सम्पन्न खेलमा बार्सिलोना भलेन्सियासँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

बार्सिलोनाका लागि लियोनेल मेसी र रोनाल्ड अराउजोले एक एक गोल गरेका थिए भने भलेन्सियाका लागि मोउसटार डियाखबी र म्याक्सी गोमेजले एक एक गोल गरेका थिए । बराबरीपछि बार्सिलोनाको १३ खेलबाट २१ अंक भएको छ । भ्यालेन्सियाको १४ खेलबाट १५ अंक भएको छ । बार्सिलोना ५औं र भ्यालेन्सिया १२ स्थानमा छन् ।

यसै खेलमा मेसी ब्राजिलका महान फुटबलर पेलेको एक कीर्तिमानसँग बराबरी गरेका छन् । मेसीले एउटै क्लबका लागि सबैभन्दा धेरै गोल गर्नेमा पेलेसँगको कीर्तिमानमा बराबरी गरेका हुन् । यस खेलको एक गोलसँगै मेसीले मेस्सीले बार्सिलोनाका लागि ६४३ गोल गरे । पेलेले पनि ब्राजिलको सान्तोसा क्लबका लागि ६४३ गोल गरेर कीर्तिमान बनाएका थिए ।

मेसीले बार्सिलोनाका लागि १९ सिजन खेल्दा ६४३ गोल गरेका हुन् । उनले बार्सिलोनाका लागि पहिलो गोल २००५ मा गरेका थिए ।

प्रतिक्रिया