पुष ५ गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग

वि.सं.२०७७ साल पौष ०५ गते । आईतबार । ईश्वी सन् २०२० डिसेम्बर २० तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर शुक्लपक्ष । तिथि–षष्ठी,२७ घडी ०९ पला,बेलुकी ०५ बजेर ४३ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–शतभिषा,४३ घडी २५ पला,रातको १२ बजेर १४ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग–बज्र,२२ घडी ११ पला,दिउसो ०३ बजेर ४४ मिनेट उप्रान्त सिद्धि । करण– तैतिल,बेलुकी ०५ बजेर ४३ मिनेट उप्रान्त गर । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–कुम्भ । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५१ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ११ मिनेट । दिनमान २५ घडी ४९ पला ।

आजको बार बेला ।
बिहान ०६ बजेर ५१ मिनेटसम्म उद्वेग बेला ।
बिहान ६ बजेर ५२ मिनेटदेखी बिहान ८ बजेर ०९ मिनेटसम्म चर बेला ।
बिहान ८ बजेर १० मिनेटदेखी बिहान ९ बजेर २६ मिनेटसम्म लाभ बेला ।
बिहान ०९ बजेर २७ मिनेटदेखी बिहान १० बजेर ४४ मिनेटसम्म अमृत बेला ।
बिहान १० बजेर ४५ मिनेटदेखी मध्यान्ह १२ बजेर ०१ मिनेटसम्म काल बेला ।
मध्यान्ह १२ बजेर ०२ मिनेटदेखी दिउसो १ बजेर १९ मिनेटसम्म शुभ बेला ।
दिउसो १ बजेर २० मिनेटदेखी दिउसो २ बजेर ३६ मिनेटसम्म रोग बेला ।
दिउसो २ बजेर ३७ मिनेटदेखी दिउसो ३ बजेर ५४ मिनेटसम्म उद्वेग बेला ।
दिउसो ३ बजेर ५५ मिनेटदेखी बेलुकी ६ बजेर ५४ मिनेटसम्म शुभ बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
दिउसो ०३ बजेर ५३ मिनेटदेखी बेलुकी ०५ बजेर ११ मिनेटसम्म रहने ।

आजको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पारिवारिक जीवन सुखद रहनेछ भने घरपरिवारका सदस्य,मित्र,नातागोता माझ सम्बन्ध सुदृड हुनेछ । राम्रा काम गर्न सकिने हुनाले पराक्रम र प्रसिद्धिमा वृद्धि हुनेछ । छोटो दुरिको यात्रा फलदायी र भाग्यशाली सिद्ध हुनेछ । थोरै मेहनेत गर्दापनि आयस्रोतलाई राम्ररी उकास्न सकिनेछ । ललितकला,संगित एवम साहित्यमा रुचि बढ्नेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिने समय रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्रतिस्पर्धी परास्त हुनुका साथै बौद्धिक जमघटमा सैद्धान्तिक विचार तपाईँकै उत्कृष्ट ठहरिनेछ । अध्ययन तथा अध्यापनमा एक कदम अगाडी बढी अरुलाई किनारा लगाउन सकिनेछ । प्रेम प्रसङगमा समय बित्ने हुँदा मन प्रशन्न हुनेछ । व्यापार व्यावसायमा मनग्गे आम्दानी हुनेछ । राजनीति तथा समाजेवामा जनताको साथ तथा समर्थन रहने हुनाले पद प्राप्तीको योग रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) हाँसखेल र मनोरञ्जनका लागि समय उत्तम रहेकोछ । असन्तुष्टी समाप्त हुनेछन् भने अधुरा कामहरू पूर्ण हुन थाल्नेछन् । स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुनेछ । आध्यात्मिक र सामाजिक काममा सक्रिय भई समुदायको हितमा काम गर्न सकिनेछ । वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा मन जानेछ । छोटो दुरिको धार्मिक यात्राको प्रशस्त सम्भावन रहेकोछ । धर्म, दर्शन र अध्यात्मतर्फ मन आकर्षण हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समय राम्रो रहेकोले व्यापार व्यावसायमा बृद्धि भई दैनिकी विलाशी बन्नेछ । अध्ययनमा सुधार गर्दै अगाडी बढ्न सकिनेछ भने अध्ययनकै सवालमा लामो दुरिको यात्रा गर्न सकिनेछ । आफन्त तथा दिदि बहिनीबाट भनेजस्तो सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ । नसोचेको धन तथा सम्पती हात लागि हुने योग रहेकोछ । तपाईँको बोलिको प्रभाव बढ्ने हुनाले समाजमा राम्रा काम गर्र्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पढाइ लेखाइमा सोचेजस्तै प्रगती हुने हुनाले आफन्त तथा गुरुहरु प्रसन्न हुनेछन् । सवारी साधन तथा धन सम्पति हात लाग्ने योग रहेको छ । व्यापारमा नाँफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा बिश्वासको बाताबरण अझ बढेर जाने हुनाले घर परिवारमा घुसियाली छाउनेछ । व्यापार गर्ने शिलशिलामा यात्रा गर्ने अवसर जुर्नेछ भने यात्राका क्रममा बौद्धिक मानिसहरुसँग भेटघाट हुने हुनाले मन प्रशन्न रहनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) अदालत तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईंकै पक्षमा आउने हुँदा मन प्रशन्न रहनेछ । सत्रु परास्त हने तथा पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जानेछ । व्यापार व्यापार फस्टाएर जाने हुनाले भने जस्तो आम्दानी गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अरु भन्दा एक कदम अगाडी बढी नतिजा आफैतिर ल्याउन सकिनेछ । निर्माण सामाग्री तथा उत्पादनमूखि व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) छोराछोरीको कामबाट मनमा सन्तोष हुनेछ । बौद्धिक क्रियाकलापमा मन जानेछ भने लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने योग रहेकोछ । प्राविधिक र सृजनात्मक कामबाट सफलता मिल्नेछ । साथीहरूसित बौद्धिक र तार्किक विषयमा छलफल हुनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) समय राम्रो रहेकोले राजनीति तथा समाजसेवामा जनतासँगै रहेर काम गर्न सकिने तथा पद प्राप्तिको गतिलो योग रहेकोछ । अध्ययन अध्यापनमा सधैझै दिईने समयबाट मुक्ति मिल्नेछ । कृषि तथा पशुपालन व्यावसायमा समय दिन सकिने हुँदा आम्दानी बढ्नेछ । आफन्त तथा आमाबाट उचित सल्लाह पाईने हुँदा अगाडी बढ्न सहज हुँनेछ । प्रेममा नजिक हुने समय रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) छोटो तथा रमाईलो यात्राको तय हुनेछ । लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नुका साथै नयाँ काम तथा उद्योग शुरु गर्ने समय रहेकोछ । दाजुभाई तथा छिमेकिसँग मिलेर गरिने जुनसुकै कामपनि फस्टाएर जानेछ । आफुले मन पराएको मानिसलाई आफ्नै मन मुटुमा राखेर माया गर्न पाउदा मन प्रशन्न हुनेछ । पढाइ लेखाइमा मन जाने हुनाले भनेजस्तो नतिजा हात लाग्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) शुभ मांगलिक सभा समारोह जस्ता कार्यक्रममा सहभागि भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यावसायमा प्रशस्त नाँफा कमाउन सकिने हुनाले दैनिकि फेरिनेछ । प्रेम प्रसङगमा रमाउन चाहनेहरुका लागी दिनले साथ दिईने हुनाले आफुले मन परेको प्रिय पात्रलाई आफ्नै मन मुटुमा राख्न पाउदा मन प्रशन्न हुनेछ । सानो प्रयत्नले ठुलो काम बन्ने तथा थोरै बोलेर मनग्ने आम्दानी गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) तपाईँबाट राम्रा काम हुने हुनाले आफन्त तथा साथिभाईहरु खुशि हुनेछन् । राम्रा पहिरनमा सजिएर अरुको मन लोभ्याउन सकिनेछ । सिर्जनात्मक काम गरेर आम्दानिका स्रोत बढाउन सकिनेछ । पढाइ लेखाइमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउन सकिनेछ । घर परिवारमा आफन्तसँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुनाले सबै खुसि रहनेछन् ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अध्ययन तथा अध्यापनमा रुची बढेर जानेछ । व्यापार व्यावसायमा गरेको लगानि बाट भनेजस्तो आम्दानी हुनेछ । खर्च बढेपनि दिगो काम गर्ने अवसर प्राप्त हुनेछ । प्रेम प्रशङगमा दिन कटाउन सकिनेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । बैदेशिक क्षेत्रसँग सम्बन्धित कामहरु फस्टाएर जानेछ भने लामो बिदेश यात्राको सम्भावना रहेको छ । आफन्त तथा अग्रजबाट सहयोग पाईनेछ ।

तपार्ईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया