ओली–दाहालको भेटमा उपाध्यक्ष गौतम पनि मिसिए

काठमाडौं । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटमा उपाध्यक्ष बामदेव गौतम पनि मिसिएका छन् ।

स्थायी कमिटी बैठकको पूर्वसन्धयामा भएको तीन नेताहरुको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

ओली १० बजेर ४७ मिनेटमा खुमलटार पुगेका थिए भने गौतम भने केही समयपछि पुगेका हुन् ।

यसअघि बिहान महासचिव विष्णु पौडेल पनि खुमलटार पुगेका थिए ।

प्रतिक्रिया