पुष ४ गते शनिबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]
![पुष ४ गते शनिबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]](https://www.makalukhabar.com/wp-content/uploads/2020/10/banner-Raashifal_makalukhabar.png)
आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल पौष ०४ गते । शनिबार । ईश्वी सन् २०२० डिसेम्बर १९ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर शुक्लपक्ष । तिथि–पंचमी,२६ घडी ०५ पला,बेलुकी ०५ बजेर १७ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–धनिष्ठा,४० घडी ४१ पला,बेलुकी ११ बजेर ०७ मिनेट उप्रान्त शतभिषा । योग–हर्षण,२४ घडी ३६ पला,बेलुकी ०४ बजेर ३७ मिनेट उप्रँन्त बज्र । करण–बालव,बेलुकी ०५ बजेर १७ मिनेट उप्रान्त कौलव,रातको ०५ बजेर २६ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–प्रवद्र्ध योग । चन्द्रराशि–मकर,बिहान १० बजेर ४५ मिनेट उप्रान्त कुम्भ । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५० मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १० मिनेट । दिनमान २५ घडी ४९ पला । विवाह पञ्चमी ।
आजको बार बेला ।
बिहान ०६ बजेर ५१ मिनेटसम्म काल बेला ।
बिहान ६ बजेर ५२ मिनेटदेखी बिहान ८ बजेर ०८ मिनेटसम्म शुभ बेला ।
बिहान ८ बजेर ०९ मिनेटदेखी बिहान ९ बजेर २६ मिनेटसम्म रोग बेला ।
बिहान ०९ बजेर २७ मिनेटदेखी बिहान १० बजेर ४३ मिनेटसम्म उद्वेग बेला ।
बिहान १० बजेर ४४ मिनेटदेखी बिहान १२ बजेर ०१ मिनेटसम्म चर बेला ।
बिहान १२ बजेर ०२ मिनेटदेखी दिउसो १ बजेर १८ मिनेटसम्म लाभ बेला ।
दिउसो १ बजेर १९ मिनेटदेखी दिउसो २ बजेर ३६ मिनेटसम्म अमृत बेला ।
दिउसो २ बजेर ३७ मिनेटदेखी दिउसो ३ बजेर ५३ मिनेटसम्म काल बेला ।
दिउसो ३ बजेर ५४ मिनेटदेखी बेलुकी ६ बजेर ५३ मिनेटसम्म लाभ बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।
राहुकाल
बिहान ०९ बजेर २५ मिनेटदेखी बिहान १० बजेर ४३ मिनेटसम्म रहने ।
आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ भने कार्यक्षेत्रमा तपाईको कामको उच्च मुल्याङन हुनेछ । बिद्यार्थी वर्गहरुले थोरै मेहनेत गर्दा पनि उत्कृष्ट नतिजा हात पार्नेछन् । गित संगित तथा मोडलिङ क्षेत्रमा ध्यान जानेछ । व्यापार व्यावसायबाट आम्दानी हुने हुनाले थप लगानि गर्न आट आउनेछ । नयाँ काम पाउने तथा नोकरिमा बढुवा हुने योग रहेकोछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) यात्राको प्रशस्त सम्भावना भएपनि अन्तिम समयमा आएर रोकिनेछ । व्यापार व्यावसायमा घाटा लाग्ने योग रहेकोछ भने समयले साभ नदिदा कामहरु समाउन मुस्किल पर्नेछ । पढाइ लेखाइमा समय दिए पनि अरुनै कामको प्रेसरले प्रगति गर्न सकिने छैन । प्रणय सम्बन्धमा चिसोपनको बिकास हुनेछ भने परिवारमा आफन्त बीच राय बाजिनेछ । अत्यावश्यक काम बाहेक यात्रा नगर्नु ने उचित हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । कुटुम्ब र भाञ्जा भाञ्जीसँग सुमधर सम्बन्ध कायम हुनेछ । पारिवारिक खुशी मिल्नेछ । आर्थिक पक्ष सुदृढ रहनुका साथै समस्याहरू समाधान हुनेछन् । महत्वपूर्ण स्थानमा बोली बिक्ने सम्भावना समेत छ । विभिन्न सामाग्री किनमेल गर्न आजको दिन राम्रो छ । स्वास्थ्य सबल छ । बन्दव्यापारमा फाइदा छ । छोटो तथा लामो दुरिको यात्राको योग रहेकोछ भने विदेशी लगानिबाट सञ्चालीत सस्थामा काम पाउने सम्भावना रहेकोछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) प्रेममा सफलता प्राप्त हुनेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले समयमा नै काम सम्पन्न हुनेछ । सरकारी जागिरेले बढुवा वा सुगम स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । छोटो दुरीको लाभदायी यात्रा हुने योग रहेकोछ । घरायसी काममा समय र धन खर्च हुने समय रहेकोछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) माया प्रेमको गाठो कसिलो हनुको साथै दाम्पत्य जीवन सुमधुर रहनेछ । सत्रु परास्त हुनेछन् भने न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईंकै पक्षमा हुनेछन् । पढाइ लेखाइमा अरुभन्दा एक कदम अगाडी बढी नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । व्यापार व्याबसायबाट भनेजस्तो आम्दानी हुनाले जीवन यापन सहज मार्गमा अगाडि बढ्नेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) मान तथा सम्मानमा दाग लाग्न सक्छ काम गर्दा ध्यान लिनुहोला । व्यावसायमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मे हम्मे पर्नेछ । आफ्ना कमजोरिहरु भरसक लुकाउने प्रयास गर्नुहोला अरुले आलोचना गर्न सक्छन् । हतार गर्ने बानिले अनाबस्यक बिवादमा फस्ने योग रहेको छ । पढाइ लेखाइमा अरुभन्दा पछी परेको भान हुनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुख दिनेहरु सक्रिय हुनेछन् ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) राजनीति तथा समाजसेवामा जनताको भने जस्तो समर्थन पाईने तथा मानसम्मान,ईज्ज्त प्रतिष्ठामा बृद्धि भएर जानेछ । बिद्यार्थिहरुले पढाइमा राम्रो प्रगति गरि नतिजा आफ्नो हातमा पार्न सक्नेछन् । घर जग्गा तथा पशु चौपायाको व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा आफ्नो मन मिल्ने मायालुलाई समय दिन सक्दा दिन रंगिन बन्नेछ ।
परिवारका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिग्रन लागेको काम थोरै समय दिएर फत्ते गर्न सकिनेछ । आफन्त तथा अग्रजको सहयोगले राम्रा काम गर्न सकिनेछ । दाजुभाई तथा छिमेकीसँग मिलेर गरिने कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । कडा मेहनेत तथा सुझबुझका साथ काम गर्नाले समाजामा नाम तथा दाम दुवै कमाउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । छाटो दुरिको यात्रा हुनेछ तर कष्टकर नहोला भन्न सकिन्न ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आर्थिक गतिबिधि सम्बन्धी काम गर्दा बिशेष चनाखो रहनु होला समय मध्ययम रहेकोछ । अध्ययनमा समय दिए अनुसार नतिजा आउनेछ । माया प्रेममा सामान्य मनमुटाब भएपनि अन्तत सौहार्दपुर्ण वातावरणमा समय व्यातित हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्वन्धमा केही चिसो पनको बिकास हुन सक्छ ध्यान दिनुहोला । खानपान तथा आहार बिहारमा ध्यान दिनुहोला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) लामो समयदेखि रोकिएर बसेका कामहरु सम्पादन हुने तथा तारिफयोग्य काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । प्रयत्न गर्दा व्यावहारिक कामले व्यावसायिक मार्ग अवलम्बन गर्न सक्छ । उठ्नु पर्ने रकम हात लागि हुनाले आर्थिक पक्ष सवल रहनेछ । मिहिनेतले जीवनशैली परिवर्तन हुनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ । लेखनकला साहित्यको क्षेत्रमा रुची बढ्नुको साथै प्रतिभाले मान सम्मानमा वृद्धि हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) समयमा कामहरु फत्ते गरी नाम तथा दाम दुबै कमाउन सकिनेछ । दान र सहयोग गर्न मन लाग्ने हुँदा केहि रकम खर्च हुनेछ । विदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । विदेशमा बसेर धन कमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । परिवारका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । अग्रज तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पुराना तथा रोकिएर बसेका कामहरु सुचारु हुने तथा महत्वपूर्ण कामहरु थोरै समय दिएर फत्ते गर्न सकिनेछ । आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्ने तथा व्यापार व्यावसाय फस्टाएर जानेछ । सरकारी धन सम्पती तथा पैत्रिक सम्पती हात लागि हुने योग रहेकोछ । माया प्रेमको डोरो कसिलो हुनुको साथै ईच्छित मनोकामनाहरु पुरा हुनेछन् । सुखदुखमा साथ दिने प्रसस्त भेटिने तथा चुनैतिका पहाडहरु चिर्दै अगाडी बढ्न सकिनेछ ।
तपार्ईँको दिन शुभ रहोस् ।
ज्यो.डिपी उपाध्याय ।








