दरबारमार्गकाे लाउन्जबारबाट पाँच लाख १८ हजारसहित आठ जुवाडे पक्राउ
२०७७ पुस ३ गते

प्रतिकात्मक तस्वीर
काठमाडौं । दरबारमार्गस्थित लाउन्जबारबाट आठ जुवाडे पक्राउ परेका छन् । जयनेपाल हलसँगै रहेको वानवेक लाउन्जबारमा जुवा खेलिरहेका दुई महिलासहित आठ जना पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी वृत दरबारमार्गबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
जुवाखालबाट पाँच लाख १८ हजार बरामद गरिएको छ ।
पक्राउ पर्नेमा लाउन्जका शेयरधनी प्रकाश लामा, अजय लामा, सुमन घिमिरे, कल्याण कार्की, सूर्य लामा, कमल ज्ञवाली, रञ्जना ढकाल र ओममाया गुरुङ छन् । उनीहरुलाई जुवा मुद्दामा अनुसन्धान भइरहेको छ ।
२०७७ पुस ३ गते
प्रतिक्रिया








