दाहाल–नेपाल पक्षले जिल्लास्थित नेताहरुलाई पेरिसडाँडामा बोलायो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगिरहेको बेला कार्यकारी पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले जिल्लास्तरीय नेताहरुलाई काठमाडौं बोलाएको छ ।

यसअन्तर्गत आज प्रदेश नं. १ का १४ वटा जिल्लाका अध्यक्ष र सचिवहरुहरु पेरिसडाँडा पुग्ने एक केन्द्रीय नेताले मकालु खबरलाई जानकारी गराए ।

उनका अनुसार यसैगरी सबै प्रदेशका जिल्लाहरुका अध्यक्ष र सचिवहरुलाई काठमाडौं बोलाएर क्रमशः छलफल गरिनेछ । ‘खासगरी पछिल्लो राजनीतिक अवस्थाबारे पार्टी नेतृत्वको बुझाइ र आफ्नो रणनीतिबारे जानकारी त गराउनुपर्यो नि त’, ती नेताले भनेका छन्, ‘पछिल्लो समयको राजनीति घटनाक्रमबारे जानकारी नै मुख्य उद्देश्य हो ।’

खासगरी संवैधानिक परिषद्सम्बन्धी सरकारले पछिल्लो पटक ल्याएको अध्यादेशसँगै नेकपा विवाद झनै उत्ष्कर्षमा पुगेको छ ।

गत १ गते बसेको नेकपा स्थायी कमिटी बैठकमा ओलीले अध्यादेश फिर्ता लिने बताएपनि अझैसम्म फिर्ता भएको छैन । बरु बिहीबार बोलाइएको मन्त्रिपरिषद् बैठकमा अध्यादेशबारेको छलफलले प्रवेश नै पाएको थिएन ।

 

 

प्रतिक्रिया