लेवान्डोस्कीले जिते फिफा ‘द बेस्ट’ अवार्ड 

एजेन्सी । विश्व फुटबलका चर्चित दुई खेलाडी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै रोबर्ट लेवान्डोस्कीले फिफा ‘द बेस्ट’ अवार्ड जितेका छन् ।

बायर्नका लागि उत्कृष्ट प्रदर्शन गरेका पोलिस फरवार्ड लेवान्डोस्कीले उत्कृष्ट खेलाडीको उपाधि जितेका हुन् ।

उनकै गोलको आधारमा बायर्नले खेलेका सबै प्रतियोगिता जितेको थियो ।

लेवान्डोस्कीले बार्यनका लागि सबैभन्दा धेरै गोलसमेत गरेका थिए ।

प्रतिक्रिया