झापाविद्रोहका नायक सत्तामा, थारूविद्रोह कसरी अपराध ठहरियो ?

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कैलालीको टीकापुर घटनामा दोषी ठहर गर्दै ८ जनालाई जन्मकैदको फैसला सुनाइएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । टीकापुर घटनामा मूख्य दोषी ठहर भएका सांसद रेशमलाल चौधरी र लक्ष्मण थारूसहित ८ जनालाई उच्च अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।
उक्त फैसलाप्रति अध्यक्ष डा. भट्टराईले असन्तुष्टि व्यक्त गरेका हुन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी पुष्पकलम दाहाललाई संकेत गर्दै उनले यस्तो फैसला आउनु अन्यायपूर्ण भएको टिप्पणी गरे ।
‘यथास्थितिको रक्षार्थ कानून/अदालत बन्छन्। अत:उत्पीडित थारूजातिको मुक्ति अभियानमा लागेका सांसद रेशम चौधरी,लक्ष्मण थारूलगायतका थारू नेतालाई अदालतले दोषी ठान्नु नौलो भएन! विडम्बना झापाविद्रोह र जनयुद्धका नायकहरूको राजमा थारूविद्रोह अपराध ठहरियो! यो अन्याय सैह्य छैन । थारू नायकहरूलाई सलाम!’, भट्टराईले ट्विट गरेका छन् ।
यथास्थितिको रक्षार्थ कानून/अदालत बन्छन्।अत:उत्पीडित थारूजातिको मुक्ति अभियानमा लागेका सांसद रेशम चौधरी,लक्ष्मण थारूलगायतका थारू नेतालाई अदालतले दोषी ठान्नु नौलो भएन!विडम्बना झापाविद्रोह र जनयुद्धका नायकहरूको राजमा थारूविद्रोह अपराध ठहरियो!यो अन्याय सैह्य छैन।थारू नायकहरूलाई सलाम!
— Baburam Bhattarai (@brb1954) December 17, 2020









