प्रचण्डको आपत्ति र प्रधान्यायाधीशको सूचनापछि संवैधानिक परिषद्को बैठक स्थगित

काठमाडौं । नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपत्तिपछि प्रधानमन्त्री तथा परिषद् अध्यक्ष केपी शर्मा ओलीले साँझ ५ बजेका लागि बोलाएका संवैधानिक परिषद् बैठक स्थगित भएको छ ।
बैठकमा प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने आफू सहभागी नहुने बताइसकेका थिए । खासगरी नेकपा नेताहरुलेसमेत आपत्ति जनाएपछि परिषद्को बैठक स्थगित भएको स्रोतले जनाएको छ ।
संवैधानिक परिषद्को बैठक स्थगित भएको जानकारी आएको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाको सचिवालय स्रोतले जनाएको छ । ओलीले हिजोको स्थायी कमिटी बैठकमा सरकारले गत मंगलबार जारी गरेको परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने प्रतिबद्धता जनाएका थिए । यसैबीच प्रधानन्यायाधीश नआउने भएपछि पनि बैठक स्थगित गर्नुपरेको बताइएको छ ।
तर, अध्यादेश फिर्ता नलिइकनै ओलीले पुनः बैठक बोलाएका कारण नेकपा वृत्त गर्माएको थियो ।








