ओलीले बोलाए संवैधानिक परिषद्को बैठक

काठमाडौं । संवैधानिक परिषद् अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक बैठक बोलाएका छन् । प्रधानमन्त्रीसमेत रहेका ओलीले अध्यादेश खारेजीको प्रक्रिया नसकिँदै पुनः बैठक डाकेका हुन् ।

ओलीले साँझ ५ बजेका लागि बैठक डाकेका छन् । नेकपाभित्र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने सहमति गरेका ओलीले त्यसको भोलिपल्ट नै बैठक बोलाएका हुन् ।

बुधबार बसेको नेकपा स्थायी कमिटीले अध्यादेश फिर्ता लिने सहमति गरेको थियो । ओलीले आजै नै मन्त्रिपरिषद् बैठक पनि डाकेका छन् । बैठक साँझ ६ बजेका लागि बोलाइएको छ ।

अध्यादेश जारी गरेकै दिन बोलाइएको बैठकमा प्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष र प्रधानन्यायाधीश मात्र उपस्थित भएका थिए ।

संवैधानिक परिषद्मा विपक्षी दलका नेता, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख र प्रधानन्यायाधीश सदस्य रहने व्यवस्था छ ।

प्रतिक्रिया