जोर दिन, बिजोर सवारी साधन [फोटो फिचर]

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट हुने कोभिड उन्नाइसबाट नेपाल पनि अछुतो रहेन । ‘पर्सन् टू पर्सन्’सर्ने हुँदा यसको प्रभाव खासगरी बढी जनघनत्व भएको क्षेत्रमा देखियो । यही कारण संघीय राजधानी काठमाडौंमा भीडभाड नियन्त्रण गर्नको लागि जोर बिजोर प्रणाली लागू गरियो ।

भदौदेखि कोभिड उन्नाइस क्राइसिस् मेनेजमेन्ट् सेन्टर (सीसीएमसी)ले लागू गरेको जोर बिजोर प्रणाली अहिले भने लागू भएर पनि नभएकोजस्तो देखिन्छ । यसको नियम थियो, जोर दिनको दिन जोर नम्बर प्लेटको र बिजोर दिनको दिन बिजोर नम्बर प्लेटको सवारी साधन चलाउन पाइने ।

यो प्रणाली अझैसम्म खुलेको छैन । तर, सडकमा भने जोर बिजोर दिन र जोर बिजोर नम्बर प्लेटको कुनै प्रवाह देखिँदैन । यता मुख्य नियमकको जिम्मेवारी पाएका ट्राफिक प्रहरीहरुले भने त्यसरी निणयविपरीत गुडेका साधनलाई पछाडिबाट हेर्ने मात्रै गरेका छन् ।

उता जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले भने सीसीएमसीको निर्णयलाई आफूहरुले केही गर्न नसक्ने बताएका छन् । यद्यपि उनले जोर बिजोर प्रणालीलाई खारेज गर्नको लागि गत बुधबार सीसीएमसीलाई सिफारिस गरेको बताएका छन् ।

जोर बिजोर प्रणालीको नियमविपरीत चलेका करिब ३७ हजारभन्दा बढी सवारी साधनलाई प्रहरीले कारबाही गरिसकेको बताएको छ ।

|माइतीघर वरीपरी नियमविपरीत गुडेका सवारी साधन। तस्वीरः विकास अर्याल, मकालु खबर|

प्रतिक्रिया