किसानको पीडा सहन नसकेर दिल्लीमा सिख प्रचारकले गरे ‘आत्महत्या’
२०७७ पुस २ गते

भारतको राजधानी दिल्लीको सिंघु सीमामा बुधबार बेलुका ६५ वर्षीय सिख प्रचारक राम सिंह सिंघडाले आफैले गोली हाने । उनको मृत्यु भयो ।
समाचार संस्था पीटीआईका अनुसार उनको हातबाट पञ्जाबीमा लेखिएको पत्र भेटिएको छ । त्यसमा लेखिएको छ, ‘किसानको पीडा सहन गर्न सकिरहेको छैन ।’ प्रहरीले सो पत्रको सत्यता जाँच भइरहेको जनाएको छ ।
सिंघडाको शव पोस्टमार्टका लागि स्थानीय अस्पतालमा लगिएको छ।
२०७७ पुस २ गते
प्रतिक्रिया
सम्बन्धित








