बार्सिलोना शीर्ष पाँचमा उक्लियो

काठमाडौं ।  बार्सिलोना स्पेनिस ला लिगा फुटबलकोे शीर्ष पाँचमा पुगेको छ ।

गएराति भएको खेलमा रियल सोेसिडाडलाई २–१ गोलकोे पराजित गर्दैै बार्सिलोेना शीर्ष पाँचमा उक्लिएको हो । घरेलुु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन जोर्डी आल्बा र डी योङले एक–एक गोल गरे ।

सोसिडाडका लागि विलियन जोसेले एक गोल गरे । खेलको २७ औं मिनेटमा जोेसेको गोलमा पाहुना टोली सोेसिडाडले अग्रता बनाएको थियो। ३१ औं मिनेटमा आल्बाले घरेलु टोली बार्सिलोनाका लागि बराबरी गोेल फर्काएका थिए । ४३ औं मिनेटमा डी योङले गोल गर्दै बार्सिलोनालाई २–१ गोलको अग्रता दिलाए । त्यसपछि दुबै टिमबाट कुनै गोल हुन सकेन ।

जितसँगै बार्सिलोनाले १२ खेलबाट २० अंक जोडेको छ । बार्सिलोना अंक तालिकाकोे पाँचौ स्थानमा छ । परातिज सोसिडाड तालिकामा एक स्थान तल झरेको छ । लिगमा १४ खेल खेलेको सोसिडाडको २६ अंक छ ।

प्रतिक्रिया