टोटेनहमलाई हराउदै लिभरपुल शीर्षस्थानमा
२०७७ पुस २ गते

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले टोटनह्यामलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले टोटनह्यामलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुलका लागि रोबेर्ट फिर्मिनोले खेलको ९०औं मिनेटमा निर्णायक गोल गरेपछि लिभरपुल विजयी भएको हो । यस अघि लिभरपुलका लागि खेलको २६औं मिनेटमा मोहमद सलाहले गोल गरेका थिए भने खेलको ३३औं मिनेट टोटनह्यामका लागि सन हंग मीनले गोल फर्काएर खेल बराबरी गरेका थिए ।
यो जितपछि लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । लिभरपुल १३ खेलमा २८ अंक हासिल गर्दै शीर्ष स्थानमा रहेको छ । त्यस्तै टोटनह्यामको १३ खेलमा २५ अंक रहेको छ ।
२०७७ पुस २ गते
प्रतिक्रिया
सम्बन्धित








