घरेलु मैदानमा बार्सिलोना विजयी, पुग्यो शीर्ष पाँचमा
२०७७ पुस २ गते

काठमाडौं । बार्सिलोना स्पेनिस ला लिगा फुटबलकोे शीर्ष पाँचमा पुगेको छ । बुधबार राति भएको खेलमा रियल सोेसिडाडसँग २-१ गोलकोे जित निकाल्दै बार्सिलोेनाले आफूलाई शीर्ष पाँचमा स्थापित गरेको हो ।
घरेलुु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन जोर्डी आल्बा र डी योङले एक-एक गोल गरे । उता सोसिडाडका लागि विलियन जोसेले एक गोल गरे ।
जितपछि महत्वपूर्ण ३ अंक हासिल गर्दै बार्सिलोनाको १२ खेलमा २० अंक भएको छ भने लिगमा पाँचौं स्थानमा उक्लिएको छ । त्यस्तै रियल सोसियडाडको १४ खेलमा २६ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।
२०७७ पुस २ गते
प्रतिक्रिया
सम्बन्धित








