धरानमा खानेपानी संस्थानको हस्तान्तरण प्रक्रिया अघि बढ्यो

भरतराज शर्मा(गोपाल)-

धरान। लामो समयसम्म हस्तान्तरणको विवादमा अलमलिएका खानेपानी संस्थानको धरानस्थित शाखा कार्यालयको सम्पत्ति तथा दायित्व हस्तान्तरणको प्रक्रियाले गति लिई अघि बढेको पाईएको छ ।

धरान खानेपानी व्यवस्थापन बोर्डले संस्थानको महशुल काउन्टर र आर्थिक कारोबार बन्द गर्न, साथै मर्मतको काम चडो सम्पन्न गरेर हस्तान्तरण गर्न पत्राचार गरेको छ ।

बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले मेयर तथा बोर्ड अध्यक्ष तिलक राईको निर्देशन अनुसार हिजो मंगलबार र आज गरि २ वटा पत्र संस्थानको धरान शाखालाई पठाएको जानकारी दिएका छन् ।

उनले भने, ‘हिजोको पत्रमा संस्थानको सम्पत्ति तथा दायित्व हस्तान्तरण प्रक्रियामा भएकोले महशुल लगायत सम्पुर्ण आर्थिक कारोबार बन्द गरेर मंसिर मसान्तसम्मको हरहिसाब दुरुस्तर राखी आर्थिक विवरण बुरबुझारथ गर्न र हस्तान्तरण कार्य सम्पुर्णरुपमा नटुंगिएसम्म भने खानेपानी सेवा सुचारु गर्न भन्ने निर्देशन अनुरोध पत्र पठाएका छौं ।’

यस्तै, आज थप अर्को पत्र पठाएर बोर्डले बिग्रेको संरचनाहरु चाडो बनाएर हतान्तरण गर्न भन्दै संस्थानको शाखा कार्यालयलाई पत्राचार गरेको छ । बोर्डको पत्राचारअनुसार आजदेखि संस्थानले खानेपानीको महशुल काउन्टरसहितको आर्थिक कारोबार बन्द गरिसकेको छ ।

संस्थानले सुचना टाँसेर बोर्डको पत्र अनुसार महशुललगायत कारोबार बन्द गरेको जानकारी उपभोक्ताहरुलाई गराएको संस्थानका निमित्त प्रमुख रामकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया