‘भ्रष्ट, नालायक ओली सरकारलाई जरैदेखि उखेलेर फाल्नुपर्छ’

काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले संबैधानिक परिषद् अध्यादेशले नेकपा ओली सरकारलाई अधिनायकवाद तर्फको यात्रा भएको बताएका छन् । उनले प्रधानमन्त्री र राष्ट्रपतिको कदम लोकतन्त्र माथिको प्रहार भएको बताउँदै प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिएर सच्चिनुको विकल्प पनि नरहेको बताएका छन् ।

‘संबैधानिक परिषद सम्बन्धि अध्यादेश ओली सरकारको अधिनायकवाद तर्फको यात्रा र लोकतन्त्र माथिको प्रहार हो । ओली सरकारले अध्यादेश फिर्ता लिएर सच्चिनुको विकल्प छैन ।’ नेता गुरुङको भनाई छ ।

साथै गुरुङले भ्रष्ट, नालायक, अधिनायकवादी ओली सरकारलाई आन्दोलनको आँधीबेहरीले जरैदेखि उखेलेर फाल्नु पर्ने समेत भनेका छन् ।

हिजो दिउसो राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा संबैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेकी थिइन् । सत्तारुढ दल, प्रमुख प्रतिपक्षी दल, सभामुख समेतको सहमति विपरित आएको अध्यादेशले राष्ट्रपति र प्रधानमन्त्री दुवैलाई विवादमा ल्याइदिएको छ ।

सत्तारुढ दल नेकपाको आन्तरिक विवादमा एक्लिँदै गएका प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो ल्याएको अध्यादेशका सन्दर्भमा आज हुने नेकपाको स्थायी कमिटी बैठकमा ओली इतरका नेताहरुले कडारुपमा प्रस्तुत हुने बताइसकेका छन् ।

प्रतिक्रिया