पाकिस्तानमा अब बलात्कारीलाई नपुसंक बनाईने !

काठमाडौं । पाकिस्तानमा बलात्कारीलाई नपुसंक बनाइने कानुन बनेको छ । बलात्कार सम्बन्धी मुद्दाको छिटो सुनुवाइ गर्न ल्याइएको नयाँ कानुनले बलात्कारीलाई नपुसंक बनाउन सक्ने उल्लेख गरेको हो ।

मंगलबार राष्ट्रपतिले बलात्कारसम्बन्धी कानुनमा हस्ताक्षर गरेसँगै नयाँ कानुन लागु भएको पाकिस्तानी संचारमाध्यमले जनाएका छन् । कानुन लागु भएपनि अब पाकिस्तानमा बलात्कारका घटनामा दोषी ठहरिए रसायनको प्रयोग गरेर नपुसंक बनाइनेछ ।

कानुन अनुसार बलात्कारसम्बन्धी मुद्धा हेर्न फास्ट ट्र्याक अदालतको गठन गरिनेछ र सो अदालतले चार महिनाभित्र आफ्नो फैसला सुनाउन सक्नेछ । यौन अपराधमा संलग्न व्यक्तिको नाम राष्ट्रिय रजिस्टारमा पठाइने र पीडितको नाम गोप्य राख्ने कानुनमा उल्लेख छ ।

बलात्कारीलाई नपुंसक बनाउने कानुन बनाउने पाकिस्तान पहिलो मुलुक भने होइन । विश्वमा इन्डोनेशिया, पोल्यान्ड लगायतका देशले यस्तो कानुन पहिला नै बनाइसकेका छन् । –एजेन्सी

प्रतिक्रिया